Header Ads

banner

परिछेद:-२ प्रतिवेदन लेख्ने तरिका नेपालीमा भाषामा। Pratibedan Lekhane Tarika Nepali Bhashama.

पेज नं:-२                      मोडेल प्रतिकेदन                         

 (४) "साधारण सदस्य " भन्नाले सदस्यता वापत रकम यस संस्थालाई बुझाई संस्थामा नाम दर्ता गराईने व्यक्तीलाई सम्झनु पर्दछ । 
(५) "कार्यसमिति " भन्नाले संस्थाको निवार्चित कार्य समितिलाई सम्झनु पर्दछ ।
(६)"संस्थापक "भन्नाले यस संस्थाको तदर्थ समितिका पदाधिकारीलाई जनाउॅछ ।
(७) "तोकिएको "वा तोकिए बमोजिम " भन्नाले यो   धान वा धान अन्तर्गत बनेको विनिमयमा तोकिएको वा तोकिए बमोजिमलाई सम्झनु पर्दछ ।
(८) "विनिमय" भन्नाले परिच्छेद 8 को दफा 33 बमोजिम साधारण सभाले पारित गरि लागु गरेको विनिमयलाई जनाउॅछ ।
(९) "पदाधिकारी" भन्नाले यस संस्थाका अध्यक्ष,सचिव,कोषाध्यक्ष र सदस्यलाई जनाउॅछ ।
(१०) "आजीवन"सदस्य" भन्नाले यस संस्थाले आजिवन सदस्यता प्रदान गरेको व्यक्तिलाई सम्झनु पर्दछ ।
(११) "सभा"भन्नाले संस्थाको प्रत्येक वर्ष हुने वार्षिक साधारणसभालाई सम्झनु पर्दछ र यसले समय समयमा हुने विशेष साधारणसभालाई समेत जनाउॅछ ।
(१२) "उपसमिति" भन्नाले श्री दिनाभद्री यूवा समाज क्लव सुनसरी "धान" बमोजिम गठन भएका उपसमितिलाई सम्झनु पर्दछ । 

३. संस्थाको चिन्ह र छाप:-संस्थाको चिन्ह र छाप अनुसुची -१ मा उल्लेख भए बमोजिम हुनेछ ।

                                   परिच्छेद:-२                                                                
                                   उद्देश्यहरू:-                                            

(४) संस्थाको उद्देश्यहरू :-

"धानको" प्रस्तावना तथा प्रचलित कानुन नेपाल सरकारको नीती निर्देशन एवं सम्बन्धित निकायसंग समन्वयमा रही यस संस्थाका निम्नानुरसारको उद्देश्यहरू रहने छ । 
(१) यो संस्था मुनाफा रहित जनहितकारी पूर्णत सामाजिक संस्था हुनेछ ।
(२) यस संस्था समाजमा बिद्दमान रहेका सामाजिक अन्धबिशवास ,कुरीति,अन्यायको बिरूद्ध समाजलाई चेतनशील,जागृत गराई कला,संस्कृत,साहित्य,खेलकुद,स्वास्थ्य,शिक्षा,कृषि र वातावरण विकासमा कार्यरत रहनेछ ।
(३)यस संस्थाले बिभिन्न वर्ग,पेशा वा क्षेत्रका महिला तथा पुरूषहरूको शारिरिक,मानसिक,बौद्धिक तथा चारित्रिक बिकासका निम्ति स्वच्छ वातावरण तयार गराउन आवश्यक पहल गर्नेछ ।
(४) यो संस्थाले आपतकालीन समस्याहरू दैवीप्रकोप,दुर्घना,महामारी,समाजमा आईपरेमा एकजुट भएर सहयोग पर्याउनेछ । समाजमा रहेका दीन दु:खीहरूलाई बौद्धिक तथा भौतिक सहयोग पुर्याउन आवश्यक पहल गर्नेछ ।
(५) यो संस्थाले क्षमताले भ्याएसम्म समाज कल्याणका अन्य कार्य गर्ने गराउने छ ।
(६) यो संस्थाले समाजमा आवश्यक ज्ञान,सीप अभिबृद्धि गराई क्षमता अभिबृद्धि सम्बन्धि कृयाकलापहरू सञ्चालन गर्नेछ । र आयमुलक र सीपमुलक कार्यक्रम संचालन गर्नेछ ।
(७) यो संस्थाले समुदाय बिकासको लागि दलित,अपांग,पिछडिएका जातजातिहरुको उत्थानका लागि आवश्यक पहल गर्नेछ । र गरीबी निवारणका लागि आवश्यक पहल गर्नेछ ।
(८) यो संस्थाले एम्बुलेन्स सेवा संचालन गरी सामाजिक सेवा गर्नेछ  । 

लेखक:-राम
पेज नं:-2

No comments

Powered by Blogger.