Header Ads

banner

नेपालीमा मैले लेखेको पुर्ण प्रतिवेदन । Nepalima Maile Lekheko Purna Pratibedan .

 पेज नं:-९                       मोडेल प्रतिवेदन 


(च) संस्थालाई अगाडि बढाउन क्रियाशील रहि सदस्यहरुलाई धार्मिक कार्यमा पथ प्रदर्शन गर्ने  ।

(छ) कार्य समितिको नेतृत्व गर्ने र गर्न लगाउने । 

(ज) आवश्यकता अनुसार उपाध्यक्ष वा कार्य समितिका पदाधिकारीहरुलाई अधिकार प्रत्यायोजन गर्ने ।

(झ) कार्य समितिको बैठक नबसेको अवस्थामा भईपरि आउने कुनै निर्णय अध्यक्षले गर्न सक्नेछ तर त्यसको अनुमोदन पछि बस्ने कार्य समितिको बैठकबाट गराउनु पर्नेछ ।

(ञ) मत बराबर भएमा निर्णायक मत दिने ।


( २ ) उपाध्यक्षको काम, कर्तव्य अधिकार  :- 

(क) सधारणसभा तथा नियमित बैठकमा संस्थाको हितमा अध्यक्षसंग सहकार्य गर्ने । 

(ख) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पुर्ण कामको जिम्मेवारी लिने ।


( ३ ) सचिवको काम, कर्तव्य अधिकार :- 

(क) अध्यक्षको निर्देशन अनुसार कार्य समितिको बैठकको लागि एजेण्डा तयार गर्ने ।

(ख) सधारण सभाबाट पारित निर्णयको कार्यन्वयनमा नेतृत्व प्रदान गर्ने, माईन्युट राख्ने र प्रमाणित गर्ने ।

(ग) अध्यक्षको परामर्श लिई कार्य समितिको बैठक बोलाउने ।

(घ) कर्मचारीलाई नियन्त्रण गर्ने ।

(ङ) वार्षिक कार्यक्रम निर्माण तथा बजेट तर्जुमा गर्नका लागि कोषाध्यक्षलाई आवश्यक सहयोग गर्ने ।

(च) विभिन्न संघ संस्थासँग सम्बन्ध स्थापित गरि काम कार्वाहिमा पत्राचार गर्ने ।

(छ) वैतनिक -अवैतनिक कर्मचारी स्वयम् सेवनहरुको पारिश्रमिक, विदा, सहुलियत आदिको निर्धारण गरि अनुमोदन गराई कार्यन्वयन गराउने  ।


( ४ ) स-सचिवको काम, कर्तव्य अधिकार :- 

(क) सचिवको अनुपस्थितिमा सचिवले गर्ने सबै काम गर्ने र बैठक संचालन गर्ने ।

(ख) संस्थाको प्रशासनिक कार्य संचालन गर्ने ।

(ग) कार्य समितिले तोकिए बमोजिम अन्य कार्य गर्ने ।


( ५ ) कोषाध्यक्षको काम, कर्तव्य र अधिकार :- 

(क) संस्थाको आर्थिक योजना तर्जुमा गर्ने र आर्थिक नेतृत्व गर्ने, कोष संचालन गर्ने ।

(ख) संस्थाको आय-व्ययको हिसाब राख्ने  ।

(ग) आर्थिक नियम, विनियम पालना गर्दा समितिकोको नियमानुसार गर्ने ।

(घ) साधारणसभामा पेश गर्ने बजेट तयार गर्ने । 

(ङ) वार्षिक साधारणसभा हुनु अघि मान्यताप्राप्त लेखापरिक्षकबाट आन्तरिक लेखा परिक्षण गरि सोको प्रतिवेदन साधारणसभा समक्ष पेश गर्ने ।

(च) नियमित लेखा परिक्षण गराउने ।


( ६ ) सदस्यको काम, कर्तव्य र अधिकार :- 

(क) सभा तथा बैठकमा भाग लिने आवश्यक सुझाव दिने ।

(ख) संस्थाको हितको लागि आवश्यक निर्णयमा सहभागी हुने । 

(ग) संस्थाको उद्देश्य पूरा गर्न नयाँ विचार तथा कार्यक्रम प्रस्ताव गर्ने ।

(घ) संस्थाको उद्देश्य प्राप्तिका लागि साधन श्रोतको अधिकतम उपभोग र प्रयोग गर्ने ।


पेज नं:- ९

लेखकराम 

No comments

Powered by Blogger.