प्रतिवेदन को नमुना तरिका । Pratibedan ko Namuna Tarika
पेज नं:-१३ मोडेल प्रतिवेदन
२९. अविश्वासको प्रस्तावमाथी निर्णय :-
अविश्वासको प्रस्ताव उपर आफ्नो भनाई प्रस्तुत गर्ने क्रम समाप्त भएपछि अध्यक्षता गर्ने व्यक्तिले सो अविश्वासको प्रस्तवको बहुमत पक्ष वा विपक्षमा के छ भन्ने निर्णयको लागि देहाय बमोजिमको कुनै एक तरिकाले अपनाई अविश्वासको निर्णयको घोषणा गर्नेछ ।
(१) गोप्य मतदानबाट
(२) पक्ष वा विपक्षमा अभिमत प्रकट गर्न लगाई
३०. विधान संशोधन :-
कुल सदस्य संख्याको दुई तिहाई सदस्यहरुले अनुमोदन गरे पश्चात् मात्र संस्थाको कुनै दफा संशोधन वा खारेजका लागि स्थानिय अधिकारी समक्ष सिफारिश गारी पठाउनुपर्नेछ । स्थानिय अधिकारीबाट स्वीकृत भए पश्चात् मात्र संस्थाको कुनै दफा संशोधन वा खारेज भएको मानिन्छ ।
३१. ऎन अनुसार हुने :-
यस विधानमा उल्लेख भएका कुराहरु कानुन बमोजिम हुनेछ र संस्था दर्ता ऎन, नियम र प्रचलित कानुनसँग बाझिन गएमा बाझिएको हदसम्म स्वतः निष्क्रिय हुनेछन् ।
३२. निर्देशनको पालना :-
(१) नेपाल सरकारको स्थानिय अधिकारले समय समयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको कर्तव्य हुनेछ ।
(२) स्थानिय अधिकारीबाट समय-समयमा प्राप्त निर्देशनलाई पूर्णत गरिने ।
(३) यो विधानमा कुनै पनि शब्द वा वाक्य देशको प्रचलित कानुनसँग बाझिएको ठहरिएमा सो बुझिएको हदसम्म स्वतः अमान्य हुनेछ ।
(४) यो विधान स्वीकृत हुनु भन्दा अगाडि यसै संस्थाबाट संस्थाको हितमा भए गरेका काम कारवाहिहरु यसै विधान बामोजिम भए गरेको मानिने छ ।
(५) यस संस्थाको हितका साथै राष्ट्र हितका लागि असल मनसायले गरिएको कार्यहरुको हकमा कुनै पदाधिकारी वा सदस्यहरु व्यक्तिगत रुपमा नभई संस्थागत रुपमा जिम्मेवार हुनेछन् ।
(६) यस संस्थाको भावी कार्यक्रम जस्तो सुकै प्रकारको भएपनी यसको आर्थिक र कानुनी दायित्व निरन्तर र नियमित हुनेछ ।
(७) संस्थाले नियम बिपरित कार्य गरेमा संस्था दर्ता गर्ने अधिकारीले संस्था निलम्बन वा खारेज गर्न सक्नेछ ।
३३. नियम , विनिमय बनाउन सक्ने :-
यस संस्थाले विधान प्रस्तावना र उदेश्यहरुको परिधिभित्र रहि संस्था संचालन प्रयोजनार्थ आवश्यक नियम , विनिमय बनाई साधारण सभामा पेश गर्न सक्नेछ । साधारण सभाबाट पारित भएपछि कार्यन्वयनमा ल्याईनेछ र सो को जानकारी स्थानीय अधिकारी समेतलाई दिईनेछ ।
३४. संस्थाको बिघटन :-
यो संस्था विधान बमोजिम संचालन गर्न नसकिएमा वा अन्य कुनै कारणबाट विघटन भएमा संस्थाको सम्पुर्ण चल अचल सम्पत्ति प्रचलित कानुन बमोजिम नेपाल सरकारको नाममा सर्नेछ ।
पेज नं:-१३
लेखक:- राम
No comments