संस्थाको विधान नमुना प्रतिबेदन । Sansthako Bidhan Namuna Prativedan
पेज नं:- ७ मोडेल प्रतिवेदन
(३) संस्थाको वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदनबाट देखिएको बेरुजु रकमहरुमाथी छ्लफल गरि नियमित गर्न नमिल्ने बेरुजु रकमहरु असुल उपर गरि फस्यौर गर्नको लागि कार्यसमितिलाई निर्देशन दिने ।
(४) संस्थाको वार्षिक कार्यक्रम तथा वार्षिक बजेट अनुमोदन गर्ने ।
(५) लेखा परिक्षणको नियुक्ती गर्ने, पारिश्रमिक तोक्ने वा उक्त प्रयोजनका लागि कार्यसमितिलाई अधिकार प्रत्यायोजन गर्ने ।
(६) संस्था वा संस्थाद्वारा सञ्चालित कार्यक्रमका लागि आवश्यक ठानेमा संस्थाको विधान बमोजिम रहि विभिन्न उपसमितिहरु गठन गर्नका लागि कार्य समितिलाई अधिकार प्रत्यायोजन गर्ने ।
(७) संस्थाको वार्षिक कार्य प्रगती विवरण र संस्थाले गरेको कार्यहरुको मुल्याकन गरि कार्यसनिती लाई आवश्यक निर्देशन दिने ।
(८) कार्य समितिद्धारा पेश भएका विधान संशोधन, नियम तथा विनिमय स्वीकृति गर्ने ।
(९) मानार्थ सदस्यता प्रदान गर्ने ।
(१०) संस्थाको आफ्नै आन्तरिक श्रोतबाट व्यहोर्ने गरि कार्य समितिले पेश गरेको कर्मचारिहरुको दरबन्दी पारिश्रमिक भता तथा सुबिधाहरुमा आवश्यकता अनुरुप स्वीकृति गर्ने ।
(११) कार्य समोतिको निर्वाचन गर्ने र कार्य समितिको रिक्त पदको पुर्ती गर्ने ।
(१२) कर्मचारिको दरबन्दी स्वीकृत गर्ने र तलब भता तथा अन्य सुबिधा तोकिने ।
१५. कार्य समिती गठन :-
(१) साधारण सभाका सदस्यहरु मध्येबाट निम्न बमोजिमको पदाधिकारीहरु रहने गरि एक कार्य समितिको गठन हुनेछ ।
(क) अध्यक्ष - १ जना
(ख) उपाध्यक्ष - १ जना
(ग) सचिव - १ जना
(घ) सहसचिव - १ जना
(ङ) कोषाध्यक्ष - १ जन
(च) सदस्य - ६ जना
(२) यस संस्थामा ११ जनाको कार्य समिती रहने छ ।
(३) कार्य समितिको कार्यकाल २ वर्षको हुनेछ ।
(४) वार्षिक साधारण सभा हुनु भन्दा अगावै कुनै कार्य समितिमा रहको सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिका लागि कार्य समितिका सदस्यको नियुक्ती कार्य समितिद्वारा गर्न सकिने छ । कुनै सदस्यको पद बिचमा रिक्त भएमा सो पदमा नियुक्त भएको सदस्य कार्याकाल सो सदस्य जुन सदस्य पद रिक्त भई नियुक्त भएको सो सदस्य बाँकी कार्यकालसम्मका लागि मात्र हुनेछ ।
(५) कार्य समिती बैठक आवश्यकता अनुसार कार्यसमितिको अध्यक्षले बोलाउने छ । जम्मा संख्याको ५१ प्रतिशत सदस्यले माग गरेको अध्यक्षले कार्य समितिको बैठक बोलाउनु पर्ने छ ।
(६) कार्य समितिको बैठकमा सदस्य स्वयं उपस्थित हुनु पर्नेछ ।
(७) सदस्यको जम्मा संख्याको कम्तिमा ५१ प्रतिशत सदस्यहरु उपस्थित नभई कार्य समिति बैठक हुने त ।
(८) कार्य समितिको बैठक अध्यक्षता समितिको अध्यक्षले गर्नेछ । अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले र अध्यक्षले पनि अनुपस्थिती भएमा बैठकमा उपस्थित सदस्यहरुले छानेको सदस्यले अध्यक्षता गर्नेछ ।
(९) कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक दिन सक्नेछन ।
पेज नं:- ७
लेखक:-राम
No comments