परिच्छेद -३ प्रतिवेदन लेख्ने तरिका नेपालीमा उदाहरण । Paratibedan Lekhne Tarika Nepalima Udaharan.
पेज न:- ३ मोडेल प्रतिवेदन
(१०) यो संस्थाले स्थानीय मठमन्दिर संरक्षण गर्दै व्यवस्थित बनाउन पहल गर्नेछ ।
५ • संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कार्यहरू :-
यस संस्थाले उद्देश्य प्राप्त गर्न देहायका कामहरू गर्नेछ ।
(१) संस्थाले प्रचलित कानुन बमोजिम सम्बन्धित निकायबाट अनुमति लिइ मात्र उपरोक्त उद्देश्य प्राप्त गर्नेछ ।
(२) संस्थालाई आवश्यक भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ । र कम्प्युटर , इन्टरनेट , टेलिफोन , फ्यक्स, फर्निचर, बाजागाजा जस्ता कार्यलय सामान तथा सवारी साधन खरिद गर्ने तथा तिनीहरूको सेवा प्रयोग गर्नेछ ।
(३) संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्ति गर्ने तथा तिनीहरूको सेवा शर्तहरू निर्धारण गर्नेछ ।
(४) संस्थामा प्राप्त रकम बैंकमा जम्मा गरी बैंक खाता सञ्चालन गर्नेछ ।
(५) अन्य संस्थासंग समन्वय कायम गरी स्वयंसेवक भई काम गर्ने र प्रतिनिधि नियुक्ति गर्न सक्नेछ ।
(६) यो संस्थाले कुनै किसिमको राजनीतिक गतिविधि गर्ने छैन ।
(७) आफ्नो अधिकारको प्रयोग गर्दा अरूको हक हनन् गरिने छैन र नेपालको प्रचलित कानुन विपरीत कुनै काम गरिने छैन ।
(८) नेपाल सरकारको स्वीकृति लिएर मात्र गर्नु पर्ने कार्यको हकमा सम्बन्धित निकायको स्वीकृति लिएर मात्र कार्य गरिनेछ ।
(९) कुनै कार्य गर्नका लागि अन्य संस्थासंग समन्वय गरी कार्य गर्न सकिने छ ।
(१०) संस्थासंग सम्बन्धित आवश्यक कुराहरु :-
संस्थालाई आकस्मिक क्षतिबाट बचाउन संस्थाको भवन लगायत सबै सम्पतिहरूको बीमा गराउने छ । संस्थाको विरूद्धमा परेको मुद्दा मामिलाको पूर्पक्ष गर्ने , लिखित जवाफ पेश गर्ने र आवश्यक कानुनी सेवा प्राप्त गरी आफ्नो हक अधिकार र सहुलियत सुरक्षित राख्ने छ ।
परिच्छेद -३
सदस्यता
(६) सदस्यताको वर्गीकरण :-
यस संस्थाको 'धानमा' देहाय बमोजिम ४ प्रकारका सदस्यहरू बर्गीकरण गरिएको छ ।
(१) साधारण सदस्य :- यस 'धानको' दफा ७ बमोजिम योग्यता पुगेको कुनै पनि नेपाली नागरिकले प्रवेश शुल्क रू ५०।- र बार्षिक शुल्क रू ५०।- तिरी तोकिएको प्रकृया अन्तरगत रहि आवेदन गरेको संस्थाको सदस्यता प्राप्त गर्ने व्यतिहरू साधारण सदस्य हुनेछन् । बार्षिक नविकरण शुल्क रू ५०।- लागने छ ।
(२) संस्थापक सदस्य :- यस संस्था दर्ता हुदाको बखतका पदाधिकारीहरू संस्थापक सदस्य हुनेछन् ।संस्थापक सदस्यहरूले साधारण वा आजीवन सदस्यता लिए , 'धान' बमोजिम शुल्क बुझाउनु पर्नछ ।
(३) आजीवन सदस्य :- संस्थाको विकासको लागि विशेष सहयोग पुर्याएर एवं संस्थालाई एकमुष्ट रू ५००।- भन्दा माथि रकम बुझाउने व्यक्तिलाई तोकिएको प्रकृया अन्तगर्त आजीवन सदस्यता प्रदान गरिने छ ।
(४) मानार्थ सदस्य :- उपर्युक्त ठहर गरेको विशिष्ट समाजसेवी तथा प्रतिष्ठित नेपाली नागरिकलाई संस्थाको मानार्थ सदस्य प्रदान गर्न सकिने छ तर मानार्थ सदस्यहरूको मत अधिकार रहने छैन ।
पेज न:- ३
लेखक:- राम
No comments