Header Ads

banner

परिच्छेद - ८ नमुना प्रतिवेदन लेखन नेपालीमा । Namuna Pratibedan Lekhan Nepalima.

 पेज नं:-१२                     मोडेल प्रतिवेदन 


(९) निर्वाचन समितिले कार्यक्रम निर्वाचन अवधिभर सबैलाई मान्य हुनेछ।


२६. उम्मेदवार हुने योग्यता :- 

कार्य समितिको उम्मेदवार हुन देहाय बमोजिम योग्यता पुगेको हुनुपर्नेछ । 

(१) विधान बमोजिम योग्य व्यक्ती उम्मेदवार हुनु सक्नेछ । 

(२) साधराण सदस्यता नविकरण भएको हुनुपर्छ । 

(३) कम्तिमा दुई वर्ष साधारण सदस्य हुनुपर्नेछ । 

(४) संस्थाको संस्थापक, साधारण सदस्य तथा आजिवन सदस्यहरु मात्र निर्वाचनमा मतदाता वा उम्मेदवार हुन सक्नेछन्  । 

(५) यस विधान बमोजिम  आयोग्य घोषित व्यक्तिहरु लाई निर्वाचन प्रकृयामा भाग लिने अधिकार हुने छैन । 


                                       परिच्छेद - ८                                               

                                        विविध                                                      

                                        

२७. अविशवासको प्रस्ताव :- 

(१) अविश्वासको प्रस्ताव लिखित रुपमा कुन-कुन पदाधिकारीको विरुद्धमा हो स्पष्ट खुलाई देहाय बमोजिमको रित पुर्‍याई संख्यामा दर्ता गर्नु पर्नेछ । 

(क) प्रस्तावको विषय स्पष्ट र व्यवाहारिक हुनु पर्नेछ । 

(ख) साधारण सभाको सदस्यहरु मध्येबाट काम्तिमा १:४ ( एक चौथाई ) सदस्यको प्रष्ट नाम थर र ठेगागनासहित खुलाई सहि भएको हुनु पर्नेछ । 

(२) उपदफा १ बमोजिम संख्यामा दर्ता भएको अविश्वासको प्रस्तावको स्पष्ट विषय खुलाई साधारणसभा वा विशेष सधारण सभा बस्ने स्थान, मिति, समय समेत तोकि संख्याको साधारणसभाको सम्पुर्ण पदाधिकारी र सदस्यहरुलाई विधानको दफा १३(४) बमोजिम साधारण सभा वा विशेष साधारण सभा बास्ने सूचना दिईने छ । 


२८. अविश्वासको प्रस्तावमाथी छलफलको प्रक्रिया :- 

(१) अविश्वासको प्रताव कार्य समितिका सबै पदाधिकारी उपर आएको भए साधारण सदस्यहरु मध्येबाट मनोनित सदस्यले अध्यक्षता गर्नेछ ।

(२) साधारण सभामा अध्यक्षता गर्ने व्यक्ती समक्ष साधारण सभामा  उपस्थित एकजनाले अविश्वासको प्रस्ताव ल्याउनु पर्ने कारणसहित आफ्नो अभिमत सभा समक्ष प्रस्तुत गर्नेछ ।

(३) दफा २८ को उपदफा (२) बमोजिम अविश्वासको प्रस्ताव पक्षका सदस्यले आफ्नो अभिमत प्रस्तुत गरेपछी सो प्रस्ताव उपर मत प्रकट गर्न चाहने बढिमा अन्य तीन जना सदस्यहरुलाई अध्यक्षले अभिमत प्रकट गर्न अनुमती दिन सक्नेछ ।

(४) दफा २७ को उपदफा (१) बमोजिम अविश्वासको प्रस्ताव जुन पदाधिकारीहरु विरुद्ध प्रस्तुत गरिएको हो ती पदाधिकारीहरुलाई आफ्नो सफाई पेश गर्ने मौकाबाट बन्चित गरिने छैन ।


पेज नं:-१२ 

लेखक:- राम

No comments

Powered by Blogger.