नेपाली भाषामा प्रतिवेदन लेख्ने तरिका । Nepali Bhashama Pratiwedan Lekhane Tarika
पेज नं:-५ मोडेल प्रतिवेदन
(१) सदस्यता शुल्क :- यस विधानको दफा ६ बमोजिमको सदस्यले देहाय बमोजिमका उपदफामा तोकिएको शुल्क तिरी सद्स्यता प्राप्त गर्न सक्नेछन ।
(क) सधारण सदस्य :- यस विधानको दफा ७ बमोजिम योग्यता पुगेको कुनै पनि नेपाली नागरिकले प्रवेश शुल्क ५०।- र वार्षिक शुल्क रु.५०।- तिरी तोकिएको प्रकृया अन्तर्गत रहि आवेदन गरेमा संस्थाको सदस्यता प्राप्त गर्ने व्यक्तीहरु साधारण सदस्य रहने छन । वार्षिक नविकरण शुल्क रु.५०।- लागने छ ।
(ख) संस्थापक सदस्य :- यस संस्था दर्ता हुदाको बखतका पदाधिकारी संस्थापक सदस्य हुने छन । संस्थापक सदस्यले सधारण वा आजिवन सदस्यता लिएर विधान वमोजिम शुल्क बुझाउनु पर्नेछ ।
(ग) आजिवन सदस्य :- संस्थाको विकासका लागि विशेष सहयोगी पुर्याउने एवं संस्थालाई एकमुष्ठ रु.५००।- भन्दा माथी रकम बुझाउने व्यक्तिहरुलाई तोकिएको प्रकृया अन्तर्गत आजिवन सदस्यता प्रदान गरिने छ ।
(घ) मानार्थ सदस्य :- उपर्युक्त ठहर गरेको विशिष्ट समाजसेवी तथा प्रतिष्ठत नेपाली नागरिकलाई संस्थाको मानार्ग सदस्य प्रदान गर्न सक्नेछ । तर मानार्थ सदस्यहरुको मताधिकार रहने छैन ।
(२) सदस्यता प्रदान गर्ने विधि :-
(क) यस संस्थाको सदस्यता लिन चाहने व्यक्तीले कार्य समितिको कार्यालयमा आई सद्स्यता आवेदन फारम भरी यस विधान बमोजिमको रकम दाखिला गरि निवेदन दिनुपर्ने छ । यसरी निवेदन पर्न आएमा संस्थाको तर्फबाट रकम बुझेको रसिद र सदस्यताको प्रमाणपत्र उपलब्ध गराउन सकिने छ ।
(ख) कुनै आवेदकलाई सदस्य नदिने निर्णय गरेमा सो को कारणसहितको जानकरी आवेदकलाई दिईने छ ।
(ग) सबै सदस्यहरुले यस विधान विधान अन्तर्गत बनेको नियम र विनिमय बमोजिमको भएको व्यवस्थाको पालना गर्नुपर्ने छ ।
(घ) संस्थाले प्रदान गरेको दफा ६ को उपदफा (१),(२),(३) र (४) अनुसारको सदस्यहरु तोकिएको ढाचामा छुट्टै अभिलेख पुस्तिका रहने छ ।
(ङ) नविकारण नभएको साधारण सदस्यले साधारण सभामा सहभागी हुन पाउने छैन ।
११. सदस्यले अनुशासनको पालना गर्नुपर्ने :-
संस्थाका सदस्यहरुले देहाय वमोजिम अनुशासनको पालना गर्नुपर्ने छ :-
(१) संस्थाले जारी गरेको निर्देशन पालना गर्ने ।
(२) संस्थागत क्रियाकलापमा सहयोग गर्ने, संस्थाद्धारा प्रदान गर्ने जिम्मेवारी बहन गर्ने तथा अवसरको सदुपयोग गर्ने ।
(३) संस्थाको गतिबिधिको जानकरी प्राप्त गरि सहभागी हुने र अरुलाई पनि सहभागी गराउने ।
(४) संस्थाको सम्पती क्षति हुने वा संस्थाको प्रतिष्ठामाथी आँच आउने कुनै पनि किसिमको काम नगर्ने वा आचारण पालना गर्ने ।
(५) संस्था सम्बन्धी गुनासो वा सुझाव सम्बन्धित पदाधिकारी समक्ष राखने र संस्थाको संरक्षण कार्यमा मद्दत गर्ने ।
(६) सेवा भावना राखी आफ्नो पेशा गर्ने र आफ्नो ग्राहस्थ जिवनलाई समृद्ध बनाउन प्रयत्नशिल रहने ।
(७) व्यक्तिगत छवि तथा सामाजिक सव्यवस्था कायम राखने र नागरिक कर्तव्यप्रती सचेत रहने ।
(८) समाज सेवामा रहि रहने ।
(९) अनुशासन विपरित कार्य गर्नेलाई कारवाही ।
पेज नं:-५
लेखक:- राम
No comments