Header Ads

banner

परिच्छेद - ७ नेपाली प्रतिवेदन कसरी लेख्ने । Nepali Pratibedan Kasari Lekhne

पेज नं:-११                     मोडेल प्रतिवेदन 


२२. खाता सन्चालन :-

संस्थाको बैंक खाता आध्यक्ष, सचिव र कोषाध्यक्ष (अनिवार्य) मध्ये कुनै दुईको संयुक्त दस्तखतबाट संचालन हुनेछ । प्रचलित ऎन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राखने व्यवस्था मिलाउन पर्ने व्यवस्था गरिनेछ । 


२३. संस्थाको लेखा परिक्षण :- 

(१) संस्थाको आय-व्ययको लेखा प्रचलित कानुन बमोजिम राखिने छ्  ।

(२) संस्थाको लेखापरिक्षण प्रचलित कानुन बमोजिम रजिष्टर्ड लेखा परिक्षकबाट हुनेछ । 

(३) नेपाल सरकार वा स्थानिय अधिकारीले चाहेमा जुनसुकै वखतमा पनि आफै वा मातहतका कर्मचारिहरु खटाई संस्थाको हिसाब किताब जाच गर्न गराउन सकिनेछ  ।

(४) लेखा परिक्षकको नियुक्ती साधारण सभाबाट हुनेछ । तर प्रथम वार्षिक साधारण सभा नभएसम्म लेखा परिक्षकको नियुक्ती कार्य समितिबाट हुनेछ । 

(५) संस्थाको लेखा परिक्षण प्रतिवेदन र वार्षिक प्रगती विवरण १-१ प्रती स्थानिय अधिकारी, जिल्ला विकास समिती र समाज काल्याण परिषद्  र सम्बन्धित निकायमा पेश गारिने छ । 


२४. अचल सम्पती :- 

संस्थाले चल सम्पती प्राप्त गर्न, खरिद गर्न, माग गर्न तथा बेचबिखन गर्न सक्नेछ । चल अचल सम्पतिको विवरण अभिलेख राखी सम्पती पुनर्गठन हुँदा बुझाउनु पर्नेछ । अचल वा स्थिर सम्पती बिक्रि वा हक हस्तान्तरण गर्नु पुर्व अनिवार्य रुपमा स्थानिय अधिकारीको स्वीकृति लिईनेछ । 

                                      परिच्छेद - ७                                                 

                                      निर्वाचन                                                      


२५. निर्वाचन सम्बन्धी व्यवस्था :- 

(१) निर्वाचन नै प्रजातान्त्रिक संस्थाको प्राण हो । तसर्थ २ बर्ष अवधी हुने कार्यसमितीको निर्वाचन प्रयोजनका लागि बढिमा ३ जनाको ऎक निर्वाचन समिती कार्य समितीको सहमतिद्वारा १५ दिन अगावै गठन गरिनेछ । 

(२) निर्वाचन समितीले प्रचलित कानुनको परिधी भित्र रहेर निर्वाचन कार्यविधी आफै व्यवस्थित गर्नेछ ।

(३) निर्वाचन सम्बन्धी विवाद उत्पन्न भएमा विवादको टुंगो निर्वाचन समितिले गरेको निर्णय नै अन्तिम हुनेछ ।

(४) निर्वाचन सम्पन्न भएको भोलि पल्ट निर्वाचन सम्पती स्वतः विघटन हुनेछ । 

(५) कार्य समितिको कुनै पदको उम्मेदवार हुन चाहेमा साधारण सदस्यले साधारण सदस्य भित्रैबाट ऎक-ऎक प्रस्तावक र समर्थकले प्रस्ताव र समर्थन गरेको हुनु पर्नेछ ।

(६) ऎक व्यक्ती ऎक भन्दा बढी उम्मेदवारको प्रस्ताव र समर्थक हुनु पाउने छैन ।

(७) उम्मेदवारी मनोनयनका लागि निर्वाचन समितीले तोकेको शुल्क तिर्नुपर्नेछ । 

(८) मानार्थ सदस्य तथा निर्वाचन समिति गठन भए पशचात सदस्यता लिएको व्यक्तिले निर्वाचनमा भाग लिन पाउने छैनन् ।


पेज नं:-११ 

लेखक:- राम

No comments

Powered by Blogger.