Header Ads

banner

परिच्छेद-६ प्रतिवेदन लेख्न सम्बन्धि पूरा जानकारी । Prativedan Lekhan Sambandhi Pura Kankari .

पेज नं:- १०                     मोडेल प्रतिवेदन  


(ङ) अन्य पदाधिकारीको काममा सहयोग गर्ने, विभिन्न उपसमितिको संयोजक भई  आ- आफ्नो क्षेत्रमा संस्थाको नेतृत्व सम्हान्ले ।

१८. पद त्याग गर्न सक्ने :- 
अध्यक्षले उपाध्यक्षमार्फत कार्यसमिती समक्ष र उपाध्यक्ष तथा अन्य पदाधिकारिहरुले अध्यक्ष समक्ष रजिनामा दिई पद त्याग गर्न सक्नेछ । 

१९. अन्य समितिहरु :- 
(१) यस विधानको परिधी भित्र रहेर संस्थाको कर्य सञ्चालनकाे लागि कार्य समितिले आवश्यकता अनुसार अन्य समिती (समुह, सल्लाहाकार समिती वा उपसमितिहरु ) गठन गर्न सक्नेछन्  । तर साधारण सभाको बैठकद्वारा अनुमोदन गराउनु पर्नेछ  । संस्थाको उद्देश्य परिपुर्तिको लागि बाढिमा ५ जनाको सल्लाहकार समिती हुनेछ । यिनिहरुको पदावधी २ वर्ष हुनेछ।
 (२) उपसमितिहरुको कार्यहरु कार्यसमितिले तोकिदिए बमोजिम हुनेछ ।
(३) सल्लाहकार समितिको परामर्श कार्य समितिलाई मान्य हुनेछ । 

२०. गणपुरक संख्या :- 
(१) कुल सदस्य संख्याको ६० प्रतिशत सधारण सदस्यहरु उपस्थित नभई साधारणसभाको काम कारवाही हुने छैन । 
(२) तर विधानको दफा १३ को (५) मा उल्लेख भए बमोजिम पुन: बोलाईएको साधारण सभामा कुल सदस्य संख्या ५१ प्रतिशत उपस्थित भएमा सभा गर्न बाधा पर्ने छैन । 

                                   परिच्छेद-६ 
                        आर्थिक व्यवस्था 

२१. संस्थाको कोष :- 
(१) संस्थाको आफ्नो एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहाय बमोजिम प्राप्त रकमहरु जम्मा हुनेछन् । 
(क) सदस्यता बापत प्राप्त प्रवेश शुल्क र सदस्यता शुल्कको रकम ।
(ख) कसैले स्वेच्छाले दिएको अनुदान, दान, सहायक वापत प्राप्त रकम । 
(ग) संस्थाको चल अचल सम्पती वा अन्य वस्तुको बिक्रिबाट प्राप्त रकम । 
(घ) विदेशी संस्था, व्यक्ती वा अन्तरास्ट्रिय संघ संस्थाबाट प्राप्त हुने अनुदान रकम ।
(ङ) स्थानिय निकायबाट प्राप्त अनुदान वा सहयोग वापतको  प्राप्त रकम । 
(च) संस्थाका नाममा प्राप्त हुने अन्य रकम । 
(छ) संस्थाका सार्वजानिक प्रयोगका समान प्रयोग गरे वापत प्राप्त रकम ।
(२) विदेशी संघ संस्था वा व्यक्तिबाट आर्थिक सहयोग तथा अनुदान लिने भए, संस्थाले नेपाल सरकार समाज कल्याण परिषदबाट स्वीकृत लिईने छ । 
(३) संस्थामा प्राप्त रकम स्थानिय बैंकमा जम्मा गरि बैंक खाता  सञ्चालन गरिनेछ । 

पेज नं:- १० 
लेखक:-राम

No comments

Powered by Blogger.