Header Ads

banner

प्रतिवेदन लेख्ने तरिका संस्थाको लागि । Prativedan Lekhe Tarika Sansthaako Laagi.

 पेज नं:- ४                     मोडेल प्रतिवेदन


७ . सदस्यता प्राप्तिको लागि आवश्यक योग्यता  :-

यस संस्थाको सदस्य हुन देहाय बमोजिमको योग्यता हुनुपर्नेछ  ।


(१) नेपाली  नागरिक भएको  ।

(२) १६ वर्ष उमेर पूरा भएको ।

(३) मानसिक सन्तुलन नगुमाएको ।

(४) सार्वजानिक सम्पती हिनामिना गरेको ठहर नभएको ।

(५) नैतिक पतन देखिने फौजदारी र भ्रष्टचारको अभियोगमा सजाय नपाएको ।

(६) संस्थाको उद्देश्य र हितमा कार्य गर्न सक्ने ।


८. संस्थाको सदस्य प्राप्त गर्न वा वहाल रहन नसक्ने अवस्था :-  

देहायका अवस्थामा कुनै व्यक्ती संस्थाको सदस्यता  प्राप्त गर्न सक्ने छैन  ।


(१) गैह्र नेपाली नागरिक ।

(२) १६ बर्ष पूरा नगरेको  ।

(३) मानसिक सन्तुलन खराब देखिएको ।

(४) सार्वजानिक सम्पती हिनामिना गरेको ठहरेको ।

(५) नैतीक पतन देखिने फौजदारी र भ्रष्टचारिको  अभियोगमा सजाय पाएको ।

(६) साहुको दामासाहिमा परेको ।

(७) कुनै प्रकारको चोरी ,ठगी,किर्ते वा जालसाजी गरेको वा आफ्नो जिम्माको धनमाल अनाधिकृत  तवरले मासेको वा दुरुप्रयोग गरेको वा भ्रष्टचार गरेको अभियोगमा अदालतबाट दसुरदार ठहरी सजाय पाई भागिदार बनेको एकबर्षभित्र  ।

(८) संस्थाको हित विपरित काम गरेको ।

(९) सम्बन्धित संस्थाको व्यवसायमा निजि स्वार्थ भएको ।


९ . सदस्यताको समापित :- 

देहायको अवस्थामा कुनै व्यक्ती संस्थाको सदस्यको बहाल रहने छैन :


(१) यस विधानको दफा ८ बमोजिमको सदस्य पद प्राप्त गर्न नसक्ने भएमा ।

(२) साधारणसभाबाट दुई तिहाई सदस्यहरुको बहुमतले संस्थाको संस्थाको सदस्यबाट हटाउने प्रस्ताव पारित भएमा ।

(३) सदस्यले आफ्नो पदबाट दिएको राजिनामा स्वीकृत भएमा ।

(४) संस्थाको काम कारवाहिमा बेईमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा ।

(५) यस बिधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा ।

(६) सदस्ता शुल्क बुझाउन बाँकी भएमा ।

(७) संस्था बिघटन भई खारेज भएमा ।

(८) कुनै सदस्य बैठकमा ३ पटक अनुपस्थित भएमा सदस्य स्वत: खारेज हुनेछ ।

(९) संस्थाको अनुशासन भंग गरेमा । 

(१०) मृत्यु भएमा ।


 तर कुनै व्यक्तिलाई संस्थाको सदस्यता प्राप्त गर्न वा वहाल रहन अयोग्य ठहर्याउनु भन्दा अघि संस्थाले निजलाई सो कुराको सुचना दिई, सफाईको सबुत पेश गर्ने मौका दिईने छ  ।


पेज नं:- ४

लेखक:- राम

No comments

Powered by Blogger.