परिच्छेद -४ नमुना प्रतिवेदन नेपाली भाषामा लेख्ने तरिका । Namuna Pratibedan Nepali Bhashama Lekhne Tarika .
पेज नं:- ६ मोडेल प्रतिवेदन
(क) संस्थाको उद्देश्य हित तथा अनुशासन विपरित कार्य गर्ने कुनै पनि सदस्यलाई कार्य समितिले केही समयका लागि निलम्बन वा सदस्यताबाट निस्कासन गर्ने सक्ने छ ।
(ख) सदस्यताबाट निस्कासनको कारवाहिमा परेका सदस्यलाई यो सम्बन्धि सुचना दिई सफाई दिने मौका दिईनेछ ।
१२. सदस्यता नविकरण :-
बार्षिक प्रवेष शुल्क बुझाई संस्थाको साधारण सदस्य भएका व्यक्तिले हरेक बर्ष आषाढ मसान्त भित्र रु.५०|- बुझाई सदस्यता नविकरण गराउनु पर्ने छ । यसरी तोकिएको मिति भित्र नविकरण गराउन नसकेको मनासिव कारण पेश गरि नविकरण गराउन आए कार्य समितिले निजसंग जरीवाना दस्तुर लिई वा नलिई एक पटकका लागि नविकरण गर्ने सक्नेछ ।
परिच्छेद -४
साधारण सभा तथा कार्यसमिती
१३. संस्थाको साधारण सभा :-
(१) यस संस्थाको बिधानको दफा ६ अनुसार सदस्यता प्राप्त गर्ने मानार्थ सदस्यहरु बाहेक अन्य सदस्यहरु साधारण सभा सदस्य हुनेछन । मानार्थ सदस्यहरु आमन्त्रित हुने छन । साधाराण सभा संस्थाको सर्वोच्च अंग हुनेछ ।
(२) यस संस्थाको साधारण सभा देहाई बमोजिम हुनेछ ।
(क) वार्षिक साधारण साभा :- वर्षको एक पटक वार्षिक साधारण सभा हुनेछ ।
(ख) विशेष साधारण सभा :- संस्थाको कुल सदस्य संख्या १:४ ( एक चौथाई ) सदस्यहरुले कारण जनाई विशेष साधारण सभा माग गरेमा विशेष साधारण सभा, कार्य समितिले कम्तिमा ७ दिन भित्र अनिवार्य रुपमा बोलाउनुपर्ने छ । तर , साधारण सभा वा विशेष सभा बसेको ६ महिना भित्र पुन: विशेष साधारण सभा बस्न सक्ने छैन ।
(३) यस संस्थाको प्रथम वार्षिक साधारणसभा संस्था स्थापाना भएको मितिले छ महिना भित्रमा गरिने छ र त्यसपछिका वार्षिक साधारण सभाहरु आर्थिक वर्ष समाप्त भएको दुई महिना भित्र गरिनेछ ।
(४) यस संस्थाको वार्षिक साधारण सभा गर्नका लागि कम्तिमा १५ दिन अगावै र विशेष साधारण सभा गर्नका लागि ७ दिन अगावै सभा हुने स्थान,मिति, समय र छलफल गर्ने विषय खोली सबै साधारण सदस्यलाई सुचना दिईनेछ ।
(५) उपदफा ४ बमोजिम बोलाईएको साधारण सभा वा विशेष साधारण सभामा विधानको दफा २० बमोजिमको गणपुरक संख्या नपुगी सभा हुन नसकेमा कम्तिमा ७ दिन म्याद दिई पुन: साधारण सभा बोलाईने छ ।
१४. साधारणसभाको काम, कर्तव्य र अधिकार :-
साधाराण सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुने छ ।
(१) साधारण सभा संस्थाको सर्वोच्च अंग हुनेछ ।
(२) विधान बमोजिम कार्य समितिको पदाधिकारी चुन्ने,चुनिने ।
पेज नं:- ६
लेखक:-राम
No comments