नेपालीहरुको महान चाड पर्व वडा दाशैको मंगलमय शुभकामना छ । Happy Vada Dashain 2079 Wishes .
नेपालीहरुको महान चाड पर्व विजय दशमी , र वडा दशैको मंगलमय शुभकामना व्यक्त गर्दछु । आउदै गरेको नेपालीहरुको महान चाड पर्व बडा दशै अन्तर्गत विजया दशमी अगामी असोज १९ गते बुधबार का दिन विहान १०:०० बजेर ३४ मिनेटमा नव दुर्गा पुजा विर्सजन गरीसकेपछी साईत खोजेर टीका लगाउनेहरुको लागी माता दुर्गा भवानीको प्रसाद टीका र जमरा ग्रहण गर्ने उत्तम साईत विहान ११:०० बजेर ५१ मिनेटमा टीका थाप्ने व्यक्ती पुर्व मोहडा भएर रहेको छ । यो शुभ मुहूर्तमा स्थापना गरिएको कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरी नवरात्र भरी माता दुर्गाजीको भिन्न-भिन्न स्वरूपको पूजा अर्चना गर्ने गरिन्छ, घटस्थापनाको दिन शुभ साइत बिहानै भएपनि श्रद्धा एवं भक्तिले दिनभरिनै आफ्नो कुलाचार र परम्परा अनुसार घटस्थापना गरी जमरा राख्न सकिनेछ । दिन पूर्व फर्किएर दुर्गा भवानीको प्रसाद आफ्नो मान्यजनका हात बाट टिका र जमरा ग्रहण गर्ने र पश्चिम फर्किएर टीका लगाइ दिने व्यक्तिले आशीर्वाद दिए सुख, शान्ति, ऐश्वर्य, यश, कृति, लाभ, विजय, आयु, सुस्वास्थ्य तथा मनोकामना पूर्ण हुने शास्त्रोक्त कथन रहेको छ । शास्त्रीय मान्यता अनुसार यो पनि भनिएको छ कि, सर्व साधारण मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन गतः विजयाद शमीको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि माता दुर्गा भवानीको प्रसाद टिका र जमरा ग्रहण गर्न सकिनेछ यो प्रसाद विजया दशमी देखि जाग्रत पूर्णिमा सम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।
No comments