छठ पूजा २०७९ कहिले देखि र कहिले सम्म हो । कार्तिक १३ गतेबाट छठ पर्व सुरु हुन्छ ।
छठ पूजाको व्रत सन्तान प्राप्ति र परिवारको सुख समृद्धिको लागि राखिन्छ। जो पहिले देखि नै यो व्रत राख्दै आएका छन। उनीहरुलाई यो व्रतको नियम थाहा छ। यस व्रतको नियम धेरै गाह्रो छ। जो पहिलो पटक व्रत बस्न लागेका छन। उनीहरुले पनि यो व्रतको नियम जान्नै पर्छ ।
कात्तिक १३ गतेबाट छठ पर्व सुरु हुन्छ
छठ पूजा २०७९ कहिले देखि र कहिले सम्म हो । छठ पूजाको पर्व यही कार्तिक १३ गते आईतबारदेखि देशभर सुरु हुँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल पक्षको छैटौं दिनमा भगवान सूर्य तथा छठ्ठी माताको पूजा आराधना गरी मनाइने छठ पर्व मनाइन्छ । यो पर्व चार दिनसम्म चल्ने गर्छ । यो वर्ष कार्तिक १३ गते बाट सुरु भई कार्तिक १६ गते सम्म चल्नेछ । छठ पूजामा बाल स्वास्थ्य, सफलता र दिर्घायुको कामना गरी ३६ घण्टाको निर्जला व्रत बस्ने गरिन्छ । महिला सँगै पुरुषले पनि यो व्रत बस्ने गर्छन ।
कार्तिक महिनाको शुक्ल पञ्चमी तिथीको पहिलो दिन स्नान गरिन्छ । यस वर्ष शुक्ल पञ्चमी १३ कार्तिकमा छ । आईतबारदेखि छठ पर्व सुरु हुँदैछ । नुहाउने दिन महिलाहरूले घर सफा गर्छन्। घरमा चनाको दाल, लौकाको तरकारी र चामल प्रसादको रुपमा बनाइन्छ । यो खानामा रक नुन प्रयोग गरिन्छ।
खरना कार्तिक १४ गते
खरना छठ पर्वको दोस्रो दिन हो । यस वर्ष खरना कार्तिक १४ गते हुने भएको छ । यस दिन महिलाहरूले गुडको खीरको प्रसाद बनाएर राती सेवन गर्ने गर्दछन। प्रसादको रुपमा पनि वितरण गरिन्छ । त्यस बेला देखि ३६ घण्टाको निर्जला व्रत सुरु हुन्छ ।
छठ पूजाको पहिलो अर्घ्य
छठ पूजाको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधि छ । व्रत बस्ने महिला वा पुरुषले पानीमा उभिएर अर्घ्य दिने गर्छन । यस दिनको सूर्यास्तको समय साँझ ५ः३७ बजेको छ ।
छठ पूजाको दोस्रो अर्घ्य
चौथो दिन भक्तजनहरूले पानीमा उभिएर उदाउँदो सूर्यलाई अर्घ दिइरहेका छन । यसपछि छठ पूजा समाप्त हुन्छ। त्यसपछि व्रत तोडिन्छ। यस दिनको सूर्योदयको समय बिहान ६ः३१ बजेको छ ।
No comments